तस्बिर : विकास द्वारे/गोरखापत्र
२२ साउन । इन्टरनेट प्रदायक संस्था सुविसु प्रालीको बालुवाटरस्थित दुई तले भवनमा आगलागी भएको छ । बुधबार मध्यान्न पौने २ बजे लागेको उक्त आगलागी नियन्त्रणमा आएको छ ।
अगलागीबाट कार्यालयमा रहेका अधिकाँश सामग्री जलेको जुद्ध वारुण यन्त्र कार्यालय काठमाडौंका प्रहरी सहायक निरीक्षक परशुराम शाही ठकुरीले जानकारी दिए । उनका अनुसार विजुली सट भई आगलागी भएको प्रारम्भिक अनुमान छ ।
प्रतिकृया दिनुहोस्