Birendranagar Municipality

रवि लामिछानेसहित तीनजना पक्राउ, मध्यराति पुर्‍याइयो चितवनको हिरासतमा

सेरोफेरो
रवि लामिछानेसहित तीनजना पक्राउ, मध्यराति पुर्‍याइयो चितवनको हिरासतमा

रवि लामिछानेसँग शालिकराम पुडासैनी। तस्बिर: शालिकराम पुडासैनीको फेसबुक।

३१ साउन । माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरी उनीहरुलाई चितवन पुर्‍याइएको प्रहरीले जनाएको छ ।

 

बिहीबार अबेर साँझ पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र बिहान पक्राउ परेकी अस्मिता कार्कीलाई बिहीबार मध्यराति जिल्ला प्रहरी कार्यालय चितवन पुर्‍याइएको हो ।

 

हाल तिनैजना जिप्रका चितवनको हिरासतमा छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि, युवराज र अस्मिताले मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

२०७६ साउन ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्