३१ साउन । नेपाली हिन्दु महिलाहरुको चार्ड हरितालिका तीजको अवसरमा सर्जक हरि विष्टको तीज गित ‘माईतीको देश २’ सार्वजनिक भएको छ । हरेक वर्ष नयाँ र मौलीक गित पस्कने हरि विष्टले यो पटक जनै पुर्णिमाको अवसर पारी मौलीक तीज गित बजारमा ल्याएका छन् । चर्चीत गायिका टिका पुनको स्वरमा रहेको गित गितको शब्द र संगित हरि विष्टको रहेको छ ।
गीतको संयोजन झलक संगीतमले गरेका छन्। मौसम हिमालीको निर्देशन रहेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ । करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् ।
हरि विष्टको शब्द, संगित र टिका पुनको स्वरमा रहेका विगतका धेरै गितहरुले विभिन्न अवार्डहरु समेत प्राप्त गरीसकेका छन् ।
प्रतिकृया दिनुहोस्