Birendranagar Municipality

राष्ट्रिय सरसफाइ सप्ताह आज देखि शुरु

राष्ट्रिय सरसफाइ सप्ताह आज देखि शुरु

सेरोफेरो

२२ जेठ सुर्खेत । १८ औँ राष्ट्रिय सरसफाइ सप्ताह आजदेखि शुरु भएको छ । विश्व वातावरण दिवस (मे ५) बाट शुरुहुने सप्ताहको पहिलो दिन देशभर विभिन्न कार्यक्रम गरि मनाइयो । वीरेन्द्रनगर नगरपालीकाको आयोजना तथा विभिन्न संघ संस्थाको समन्वयमा आज प्रभातफेरीको आयोजना गरिएको छ ।


"खुला दिसा मुक्त गर्नु छ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व" भन्ने मुल नाराका साथ मंगलगढीवाट शुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको हलमा गई सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले सरसफाइ सप्ताहको सफलताको शुभकामना दिएका छन् ।


वीरेन्द्रनगरमा आयोजीत कार्यक्रममा सहभागीहरु

20170605_074020


कार्यक्रम वीरेन्द्रनगर नगरपालीकाका प्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा र जिल्ला अदालत सुर्खेतका मुख्य न्यायधिस कैलाशप्रसाद सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

 

यसैविच भेरीगंगा नगरपालीकामा पनि राष्ट्रिय सरसफाइ सप्ताहको अवसर पारी टोल सफाइ तथा घरदैलो अनुगमन सम्पन्न भएको छ । एस एन भि नेपाल र सुन्दर नेपाल संस्थाको सहयोग र हरियाली टोलविकास संस्था भेरीगंगा १२ को आयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

 

भेरीगंगामा आयोजना गरिएको कार्यक्रमको झलक

20170605_094849

 

कार्यक्रममा भेरीगंगा नगरपालीकाका मेयर तथा उपमेयरले यस सप्ताहलाइ मनाउन सवैलाइ अनुरोध गर्दे सरसफाइ कहिले पनि नसकिने विषय भएकाले यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

२०७४ जेठ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्