८ भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा उनीहरुविरुद्ध आइतबार मुद्दा दर्ता गराएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । मिसिल अध्ययनपछि कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध उक्त मुद्दा दर्ता गरिएको हो ।
अदालतमा सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । अन्त्यमा, अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।
रवि लामिछानेलाई पक्राउ गरिएकोमा विरोध गर्दै चितवन र काठमाडौंमा प्रदर्शन समेत भएका छन् ।
प्रतिकृया दिनुहोस्