Birendranagar Municipality

रवि लामिछाने पाँच लाख र युवराज तीन लाख धरौटीमा छुटे

अस्मिता कार्की साधारण तारिखमा रिहा
सेरोफेरो
रवि लामिछाने पाँच लाख र युवराज तीन लाख धरौटीमा छुटे

९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि अदालले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

 

सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा तीनजना वकिलले बहस गरेका थिए। रविको तर्फबाट अधिवक्ता सुनिल पोखरेल लगायतका वकिलहरुले बहस गरेका थिए ।

 

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले दुई जनालाई धरौटीमा र अस्मितालाई साधारण तारिखमा राखी मुद्धाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

२०७६ भदौ ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्