९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेसंगै मन्त्री योगेश भट्टरार्ईले आफ्नो मन्त्रलायको एक वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् ।
सोमवार पत्रकार सम्मेलन गर्दे उनले चालु आर्थिक वर्ष २०७६।०७७ मा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरुको जानकारी दिएका हुन् ।
उनले आफ्नो फेसबुक मार्फत भनेका छन् "संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेसंगै मन्त्रालय अन्तर्गतबाट चालु आर्थिक वर्षमा सम्पादन हुने प्रमुख प्राथमिकताका कार्यक्रमहरुको सार्वजनिकी गरेको छु । सबैको सल्लाहा सुझाव र सहयोगको अपेक्षा समेत गरेको छु ।"
यस कार्ययोजनामा आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणाले नागरिकहरुमा उत्साहा बढेको देखिन्छ ।
कार्ययोजनाको पूर्णपाठ हेर्नुहोस्:
प्रतिकृया दिनुहोस्