१८ भदौ । सुर्खेतको कटकुवा र बिउरेनीमा भएको गौहत्याको प्रतिनिधी सभा सदस्य सांसद नवराज रावतले विरोध गरेका छन् । नेपालगंज उपमहानगरपालिकाले दैलेखमा पठाउदै गरेका गाईहरु सुर्खेतका विभिन्न स्थानमा मरेका र घाईते अवस्थामा भेटिएका थिए ।
संसदमा बोल्दै सुर्खेत क्षेत्र नम्वर २ का सांसद रावतले गाई चिन्ह लियर राप्रपाको तर्फबाट देशभरीमा एक स्थानमा बिजय हाँसिल गरेका धवलशम्सेर जवराले नेतृत्व गरेको स्थानिय सरकारले गौहत्या जस्तो गम्भीर गल्ती गरेकोमा दुख व्यक्त गरे । यस प्रकरणमा संलग्न सवैलाई कारवाही गर्न माग गरे ।
साथै सांसद रावतले छानविनको लागी गृहमन्त्रालय समिति गठन गरी घटना स्थलमा पठाएकोमा खुसी व्यक्त गरे । बाँकी गाईहरु पुनः नेपालगंज फिर्ता गरिएको छ ।
प्रतिकृया दिनुहोस्