Birendranagar Municipality

देउवा ४० औं प्रधानमन्त्री बन्दै

देउवा ४० औं प्रधानमन्त्री बन्दै

सेरोफेरो
२३ जेठ काठमाडौं । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा आज ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित हुदैछन् । जेठ २१ गते निर्वाचन हुने कार्यसुचि भएपनि नेकपा एमालेको विरोधमा कारण संसद बैठक मंगलवार १ बजेका लागि सारिएको थियो ।

 

भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद अवरोध फिर्ता लिने निर्णय संगै मंगलबार बस्ने व्यवस्थापिका संसद बैठकले देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।

 

सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री पदमा नेकपा एमालेको तर्फवाट उम्मेदवारी परेको छैन । तर एमालेले देउवाको पक्षमा मतदान नगर्ने यसअघिनै जनाइसकेको छ ।

 

प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा भएको कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त गर्नुुपर्छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् ।

 

यसैगरी २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने संकेत दिएको छ । साना दलहरुमध्ये तीन सांसद भएको नेकपा संयुक्त र एक एक सांसद भएका समाजवादी जनता दल र अखण्ड नेपाल देउवाको उम्मेदवारीको क्रममा समर्थक बसेका छन् ।

 

उल्लेखीत दलहरुको समर्थन पाए देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने देखिन्छ ।

 

२०७४ जेठ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्