२२ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको छ।
यस वर्ष दशैँको टीका साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए।
समितिका अनुसार असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ। यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत छ ।
प्रतिकृया दिनुहोस्