Birendranagar Municipality

डा. सन्दुक रुइतलाई डेंगु, नर्भिकमा उपचार हुँदै

सेरोफेरो
डा. सन्दुक रुइतलाई डेंगु, नर्भिकमा उपचार हुँदै

२३ भदौ । नेत्ररोग विशेषज्ञ प्रा. डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ ।

 

उनलाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । डा. रुइतसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ ।

 

डेंगुको संक्रमण देशैभरी फैलिएको छ । यसअघि संघीय कृषि मन्त्री चन्द्रप्रकाश खनाललाई पनि डेंगुको संक्रमण भएको थियो । 

 

सरकारी तथ्यांक अनुसार हालसम्म सात हजारलाइ डेंगु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ ।

 

डेंगुबाट जोगिन मन्त्रालयले आआफ्नो घर वरपर सरसफाइ गर्न आग्रह गरेको छ ।

२०७६ भदौ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्