Birendranagar Municipality

काठमाडौंबाट कर्णालीबारे लेख्नुहोस् : मुख्यमन्त्री शाही (भिडियो)

सेरोफेरो/काठमाडौं
काठमाडौंबाट कर्णालीबारे लेख्नुहोस् : मुख्यमन्त्री शाही (भिडियो)

२७ भदौ । कर्णाली प्रदेशमा स्थाई घर भई काठमाडौमा पत्रकारीता गर्ने पत्रकारलाई कर्णालीका बारे निरन्तर लेख्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् । काठमाडौमा बसेर पत्रकारीता गर्ने कर्णालीका सम्पुर्ण पत्रकारहरु संगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन् ।


मुख्यमन्त्री शाहीले पत्रकारीताको माध्ययमबाट कर्णालीको विकृती तथा भ्रष्टाचारमा खरो उत्रन समेत आग्रह गरे ।

 

मुख्यमन्त्री शाहीले नेपालले पहिलो पटक नयाँ संरचनाको अध्यास गरीरहेको र तीन तह विच समन्वयको अभावका कारण विकासमा समस्या उत्पन्न भएको बताए । उनले भने 'संघको योजना प्रदेशलाई जानकारी नहुने र स्थानीय तहको योजनाका विषयमा अन्य तहलाई समेत जानकारी नहुने हुँदा एकै ठाउँमा विभिन्न सरकारका योजना थुप्रने र कुनै क्षेत्रमा विकास नहुने अवस्था छ ।'


देश संघियतामा गएपनि दलका नेताहरु र कर्मचारीहरुमा अझै केन्द्रीकृत मानसिकता रहेको र कर्णाली भन्दा संघिय राजधानीमा बस्न रुचाउने गरेको बताए । विकासको गतीमा विस्तारै प्रदेश अगाडी बढीरहेको बताए ।
भिडियो हेर्नुहोस् :

२०७६ भदौं २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्