Birendranagar Municipality

सर्वोच्च अदालतबाट बाहिरिइन् प्रधानन्यायधीश कार्की

सर्वोच्च अदालतबाट बाहिरिइन् प्रधानन्यायधीश कार्की

सेरोफेरो
२३ जेठ काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की कार्यकाल सकिनु भन्दा एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बाहिरिएकी छन् । उनि अदालत परिसरबाट बाहिरिदा सहकर्मीहरु वाट कुनैपनि उपहार नलिइ निस्कीएको अदालत स्रोतले जनायो । कार्कीको उमेर हदको कारण कार्यकाल जेठ २४ गते बुधवार सकिदै छ ।

 

कार्यकाल अवधिमा चर्चामा रहेकी प्रधानन्यायाधीश कार्कीलाई सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, प्रहरी महानिरीक्षकको मुद्दामा अख्तियार दुरुपयोग गरेको जस्ता अभियोग लगाई बैषाश १७ मा महाअभियोग दर्ता गरिएको थियो ।

 

बैषाख २२ मा सर्वोच्च अदालतका माननीय न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सरकार र संसदको नाममा अन्तरिम आदेश जारी गर्दे प्रधान न्यायाधीश सुशीला कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्कउन आदेश दिएको थियो ।

 

नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाइ भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन् ।

२०७४ जेठ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्