१५ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ ।
काठमाडौं जिल्ला अदालतमा उनको बयान भएको हो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बयान भएको हो । उनको आईतबार मात्र थुनछेक बयान हुने अदालतले जनाएको छ ।
थुनछेक बहस पछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये कुनै एक आदेश हुनसक्ने छ ।
संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका थिए ।
तस्विर : गुगल
प्रतिकृया दिनुहोस्