२७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले एकता प्रकृयाको टुङ्गो लगाएको छ। राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो। साविक युवा संघको नेपाललाई लमजुङ र दैलेख भाग परेकोमा विवादका कारण संयोजक तोकिएको छैन।
७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ। युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरेको केन्द्रिय सदस्य बिपिन ढकालले जानकारी दिए ।
पूर्णपाठ हेर्नुहोस्
प्रतिकृया दिनुहोस्