Birendranagar Municipality

दैलेख घोडाबासमा फोर्स गाडी दुर्घटना तीनको मृत्यु, १५ जना घाइते (नामसहित)

सेरोफेरो
दैलेख घोडाबासमा फोर्स गाडी दुर्घटना तीनको मृत्यु, १५ जना घाइते (नामसहित)

१३ मंसिर । सुर्खेत दैलेख सडक खण्डको घोडाबासमा माइक्रो बस (फोर्स) दुर्घटनाहुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा भएको हो ।


मृत्यु हुनेमा वीरेन्द्रनगर(३ तातोपानीका ५७ वर्षीया थिरबहादुर सुनार, दैलेख बासी घरभइ हाल बर्दिया मधुवन नगरपालिका(६ सानोश्री बस्ने बर्ष २९ का नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई ओमप्रकाश कुर्मीले जानकारी दिए ।

 

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर(८ खजुरा बस्ने मंगली गुरुङ, सोही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका( १० का लक्ष्मी योगी, अविशेषक योगी, वीरेन्द्रनगर(३ तातापानी बस्ने मोहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर(११ सुब्बाकुनाका देवीप्रसाद भट्टराइ र धुलियाविटका चन्द्रकली सिङ्गौली रहेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकार दिए ।


यस्तै बाँके नौबस्ताका कर्णबहादुर बोगटी, लक्ष्मी बोगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका(४ का लक्ष्मी रावत र नारयण नगरपालिका(४ का दिलबहादुर कटुवाल रहेको ओलीको भनाइ छ ।

 

प्रहरी चौकी रानिमत्ताका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ पुगेर घाइतेको उद्धार गरेर सुर्खेत पठाइएको थियो । गाडी सडकबाट झण्डै एकसय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घटना लगत्तै चालक फरार छन् ।
समाचार र तस्विर साभार  : पश्चिमनेपालडटकम

२०७६ मंसिर १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्