१४ मंसिर । कास्की क्षेत्र नं २ बाट नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले भोट हाल्न लाइन बसेकी छन् । उपनिर्वाचनको लागि मतदान गर्न मतदान केन्द्र पुगेकी भट्टराइ जनतासंग भोट गर्ने लाइनमा बसेर मतदान गर्देछन् ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा भोट हाल्न उनी लाइनमा बसेकी हुन् ।
स्वर्गिय रविन्द्र अधिकारीले धर्मपत्नी समेत रहेकी विद्या भट्टराई उप निर्वाचनको उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट रविन्द्र अधिकार निर्वाचित भएका थिए । उनको हेलिकप्टर दुर्घनामा परी निधन भएको थियो ।
प्रतिकृया दिनुहोस्