Birendranagar Municipality

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना वेभसाइटबाट गर्न सकिने

गणेश ओली/सेरोफेरो
प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना वेभसाइटबाट गर्न सकिने

१४ मंसिर । ‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीको नमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपरेशन गरिएको थियो । प्रधानमन्त्री केपी शर्माको स्वास्थ्य लाभको कामना उहाँको वेभसाईटबाट गर्न सकिने प्रवन्ध मिलाइएको छ ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरूले आकलन गरेका छन् ।

 

स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेका प्रधानमन्त्रीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्ने सुभेछुकहरुले अब उहाँको आफ्नै वेभसाइटमा गर्न सक्नु हुने छ।

यहाँबाट गर्नुहोस् प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना:

२०७६ मंसिर १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्