Birendranagar Municipality

नेकपाले चार स्थानमा वडाध्यक्ष जित्यो, समाजवादीले पनी खाता खोल्यो

सेरोफेरो
नेकपाले चार स्थानमा वडाध्यक्ष जित्यो, समाजवादीले पनी खाता खोल्यो

१४ मंसिर । रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले खाता खोलेको छ ।नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याएका छन् । २०८ मत खसेकोमा ९ मत बदर भएको थियो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालेले चुनावबहिस्कार गरेपछि कुल १२ सय ८८ मत मभ्ये जम्मा २०८ मत खसेको थियो ।

 

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी भएका हुन । तामाङका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दिलबहादुर लामाले ३ सय १० मत प्राप्त गरे । यस्तै समाजवादी पार्टीका उम्मेदवार भीम तामाङले ७४ पाए भने राप्रपाका पदम शाहीले ७ मत प्राप्त गरेका हुन् । शनिवार भएको उपनिर्वाचनको मतदानमा ९ सय २४ मत खसेको थियो । उक्त वडामा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी थिइन् ।

 

सल्यानको कुमाख गाउँपालिका–५ मा पनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ज्वालाले ७ सय ९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन । उनका निकटतम प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहरा २ सय ५१ ल्याएका छन् । यस्तै राप्रपा गोपाल शाहले २१ पाएका छन् । जम्मा ११ सय २४ मत खसेकोमा ६० मत बद्दर भएको थियो ।

 

लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो । राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । कुलमतमा १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यससँगै नेकपाले अहिलेसम्म उपनिर्वाचन भएका ४३ वडामध्ये ४ स्थान जित हात पारेको छ ।

 

समाजवादीले पनी खाता खोल्यो :
सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ भने जनमत पाटीलेले ५२ल्याएको छ । नेपाली काङ्ग्रेस २३ मत पाएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकार दिए ।

२०७६ मंसिर १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्