Birendranagar Municipality

शेर बहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित

शेर बहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित

सेरोफेरो
२३ जेठ काठमाडौं । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएको छन् । मंगलवार बसेको संसदको दोस्रो बैठकमा सभामुख ओनसरी घर्तीले देउवा प्रधानमन्त्रीमा निर्वाचीत भएको घोषणा गरेकी हुन् । उनि यो सहित चार पटक प्रधानमन्त्री बनेका छन् ।

 

देउवाले संसदमा उपस्थित संख्या ५५८ मध्ये ३८८ मत प्राप्त गरी बिजयी भएका हुन् । उनको विपक्षीमा १७० मत परेको थियो । देउवा नेपालको संविधान २०७२ को धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित भएको सभामुख घर्तीले घोषणा गरेकी हुन् ।

 

प्रमुख प्रतिपक्षी दलले उम्मेदवार नउठाय पछी उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार बनेका थिए। प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा भएको कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त गर्नुुपर्छ ।

 

उनलाई माओवादी केन्द्र, राप्रपाका, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेकपा संयुक्त, समाजवादी जनता दल र अखण्ड नेपालले समर्थन गरेका छन् ।

 

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

 

नेकपा एमाले लगाएत अन्य केहि साना दलहरुले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका छन् । विपक्षीमा मतदान गर्ने साना दलहरुमा नेमकिपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगाएतका दलहरु रहेका छन् ।

२०७४ जेठ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्