Birendranagar Municipality

कांग्रेसले बैतडीबाट खाता खोल्यो, नेकपाका उम्मेदवार ४ मतले पराजित

सेरोफेरो
कांग्रेसले बैतडीबाट खाता खोल्यो, नेकपाका उम्मेदवार ४ मतले पराजित

१४ मंसिर । उप-निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विजयी भैरहेको समाचार आउँदा नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ ।

 

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी भएका छन् । मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

उनका प्रतिद्वन्द्वी नेकपाका धन बहादुर चन्दले २ सय १५ मत प्राप्त गरेका छन् भने ४ मत बदर भएको बताइएको छ । यस वडामा यसअघि पनि नेपाली कांग्रेसले नै जितेको थियो ।

२०७६ मंसिर १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्