Birendranagar Municipality

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष नेकपाको पोल्टामा

सेरोफेरो
खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष नेकपाको पोल्टामा

१५ मंसिर । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद नेकपाको पोल्टामा परेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रुपा शाही उपाध्यक्षमा विजयी भएकी छन् ।


उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाकी शाही एक हजार ४५३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत प्राप्त गरेकी छिन् ।

उनि २०७४ मा भएको निर्वाचनमा पराजित भएकी थिईन् । यसअघि काँग्रेसबाट विजयी भएकी सिन्धु शाहीको जीप दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।

२०७६ मंसिर १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्