Birendranagar Municipality

कास्कीमा भारी मतान्तर सहित विद्या भट्टराई निर्वाचित

सेरोफेरो
कास्कीमा भारी मतान्तर सहित विद्या भट्टराई निर्वाचित

१५ मंसिर । प्रतिनिधी सभा तर्फ कास्की निर्वाचन क्षेत्र नं. २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई भारी मतान्तर सहित विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार चार सय ९ मतान्तरले पराजित गरेकी हुन् । 

 

भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन भने पौडेलले १५ हजार ९८६ मत ल्याए । यता समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएकी छन् ।


शनिबार राति १०ः३० बजेदेखि सुरु भएको मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १ः४० मा मात्रै सुरु भएको थियो ।


यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । विद्याको जितसँगै नेकपाले कास्की २ सुरक्षित राख्न सफल भएको छ ।

 

अन्तिम मतपरिणाम पछि विजयी विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।

२०७६ मंसिर १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्