Birendranagar Municipality

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

सेरोफेरो
बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

तस्बिर : सुमन सुनारको फेसबुक

१७ मंसिर । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ को मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

 

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग १ ज ५२१९ नम्बरको जीप बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

 

दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

२०७६ मंसीर १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्