Birendranagar Municipality

नेपालको पहिलो मौसमी राडार केन्द्र संचालनमा

सेरोफेरो
नेपालको पहिलो मौसमी राडार केन्द्र संचालनमा

१७ मंसिर । नेपालकै पहिलो मौसमी राडार केन्द्र मंगलबार देखी संचालनमा आएको छ । केन्द्रको माननीय उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ बाट उद्घाटन भएको छ । विरेन्द्रनगर नगरपालिका, वडा नम्वर १३ रातानाङ्ग्लामा जल तथा मौसम विज्ञान विभाग द्वारा स्थापित राडारको उद्घाटन भएको हो ।


उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आन्तरीक मामीला तथा कानुन मन्त्री नरेश भण्डारी तथा कर्णाली प्रदेशका सदस्यहरुको उपस्थिती रहेको थियो । ।


जल तथा मौसम विज्ञान विभागको जलवायु प्रकोप समुत्थान निर्माण आयोजना मार्फत स्थापित मौसमी राडार विश्व वैङ्कको आर्थिक सहयोगमा स्थापना भएको हो। मौसमी राडारले १५० किमि वरीपरीको वायुमण्डलको मौसमी अवस्थाको मापन गर्ने मौसम कार्यालयका निराजन सापकोटाले जानकारी दिए ।

 

उक्त राडारले सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमी भुभागको तात्कालिक मौसमी अवस्थाको अवलोकन गर्न सक्ने सापकोटाले जानकारी दिए । यसले मौसमी प्रणाली खासगरीबर्षाको किसिम (तरल वर्षा, हिमपात वा असिना) र यसको मात्रा तथा हावाहुरीको दिशा र गतिको मापन गरी विस्तृत तथ्याङ्क दिनसक्ने बताइएको छ ।

 

उक्त राडारबाट प्राप्त हुने तथ्याङ्कको विश्लेषणबाट २ घण्टा पछिसम्मको मौसम तथा बाढीको तत्कालिक अनुमान ९लयध अबकतष्लन० गर्न सकिन्छ ।यसबाट बिशेष गरी स्थान विशेषमा बर्षा, हिमपात, असिना र हावाहुरीको सम्भाव्य प्रभावको विस्तृत तात्कालिक पुर्वानुमान गर्न सकिने मौसम विभागले जनाएको छ ।

 

मौसमी राडारबाट प्राप्त हुने सुचनाहरु विपद न्युनिकरण तथा व्यवस्थापन, यातायत, कृषि, पर्यटन तथा पर्वतारोहण लगायतका क्षेत्रका लागि उपयोगी हुने मौसम विभागले जानकारी दिएकोछ । राडारले वायुमण्डलको तत्कालको सुचना दिनसक्ने भएकोले मौसमजन्य हवाइ जोखिम न्युनीकरण गर्नका लागि अति उपयोगी हुने जनाएको छ।

 

यस अघि मौसम पुर्वानुमान तथा उड्डयन मौसमी सुचनाको लागि नेपालका केही सतही मौसम केन्द्रहरु तथा चिन, भारत लगायतका देशहरुबाट प्राप्त हुने वायुमण्डलीय सुचनामा मात्र भर पर्नुपर्ने अवस्था रहेको समेत मौसम विभागले जनाएको छ ।

 

२०७६ मंसिर १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्