Birendranagar Municipality

को हुन् नेपालका ४० औं प्रधानमन्त्री देउवा

को हुन् नेपालका ४० औं प्रधानमन्त्री देउवा

सेरोफेरो
२३ जेठ काठमाडौं । शेर बहादुर देउवा वि.सं २००३ जेठ ३१ गते डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन् । उनको प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका हुन् ।


शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन् । २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनहरुमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवा २०४८ सालमा गिरिजाप्रसाद कोइरालको सरकारको गृहमन्त्रीको समेत जिम्वेवारी सम्हालिसकेका छन् ।

 

उनि माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष पनि थिए । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा वि.सं २०२८ सालमा नेपाल विद्यार्थी संघको प्रथम सभापति पनि हुन् ।

 

उनि २०५१ देखि २०५३ सम्म प्रधानमन्त्री भए । दोस्रोपटक पुन २०५७ मा प्रधानमन्त्री बनेका देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए भने उनैलाइ दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए ।

 

पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को गठन गरेका देउवाले २०६४ सालमा माउपार्टि नेपाली कांग्रेससँग एकीकरण गरि वरिष्ट नेताका रुपमा रहेर काम गरे ।

 

सुदुरपश्चिमका प्रभावशाली नेता राजनैतिक संघर्षका क्रममा उहाँले नौ वर्ष जेलजीवन समेत विताए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम.ए गरेका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो समेत रहेका छन् ।

 

नेपाली कांग्रेसको राजनीतिमा लामो समयपछि वि‌.सं. २०७२ को तेह्रौँ महाधिवेशनवाट देउवा नेपाली कांग्रेसको पार्टीको सभापतिमा विजय भए । राणा परिवारमा सम्वन्ध जोडेका देउवाको श्रीमती आरजु राणा देउवा पनि तत्कालीन संविधान सभा हलको रुपान्तरीत संसदको सदस्य हुन् ।

 

२०७४ जेठ २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्