Birendranagar Municipality

ओली नेतृत्वको सरकार सफलः नेकपा प्रवक्ता श्रेष्ठ

सेरोफेरो
ओली नेतृत्वको सरकार सफलः नेकपा प्रवक्ता श्रेष्ठ

१२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार चार कारणले सफल भएको दाबी गरेका छन्। 'राष्ट्रियताबारेमा ओली सरकारले दह्रोसाथ अडान लियो। पहिलो पटक विदेशी हस्क्षेप रोकियो। सरकारले विदेशी हस्तक्षेप रोक्दै त्यसलाई व्यवहारमै पुष्टि गर्‍योु, उनले भने, 'लिम्पियाधुरासहितको क्षेत्र नेपालको हो भनेर पहिलोपटक ओली सरकारले नै भन्यो।

 

देशभित्रै पनि भन्यो र भारतलाई पनि नोट पठाएर लिम्पियाधुरा नेपालको हो भनेको छ। पहिले कालापानी र लिपुलेक मात्रै नेपालको भनिएको थियो। तर यो पटक ओली सरकारले नै लिम्पियाधुरा निसन्देह नेपालको भएको दाबी भारतसामू प्रस्तुत गर्‍यो।' नेता श्रेष्ठले स्वतन्त्रता परराष्ट नीति भत्काउन लागेका बेला ओली सरकारले त्यसलाई बचाउँदै विश्वसामू आफ्नो बलियो उपस्थिति जनाएको पनि उल्लेख गरे। ओली सरकारको दोस्रो सफलताका रुपमा गाँसबाससहित विभिन्न पाँचवटा आधारभूत कुरालाई मौलिक हककारुपमा राखेकाले यो पनि सफलताको दोस्रो बुँदा रहेको उनले बताए।

 

'गाँसबास, रोजगार, सामाजिक सुरक्षासहित पाँचवटा बुँदालाई मौलिक हक भनेको छ सरकारले। यिनले आधारभूत मानवीय आवश्यकता भएका जनताले सरकार भएको महसुस गरेका छन्।' ओली सरकारको सफलताको अर्को बुँदाका रुपमा नेता श्रेष्ठले संघीयता कार्यान्वयनलाई दिएका छन्। 'नेपालले इतिहासमै पहिलो पटक स‌ंघीयताको अभ्यास गरेको छ। संघीयता कार्यान्वयन जस्तो जटिल मुद्दामा ओली सरकार खरो उत्रिएको छु, उनले थपे, 'संघीयतालाई सरकारले व्यवस्थापन गरेको छ। कानुनी, वित्तीय र कर्मचारी व्यवस्थापनमा ओली सरकार सफल देखिएको छ।'

 

नेकपा प्रवक्ता श्रेष्ठले ओली सरकार रणनीतिक विकासमा अघि बढ्नेतर्फ पनि सफल भएको दाबी गरे। 'सामाजिक सुरक्षा योजना लागू भएको छ। वैदेशिक रोजगार व्यवस्थापन हुँदैछ। पानी, रेलवे, बिजुली जस्ता पूर्वाधार उपलब्ध हुँदैछन्। पानी, बिजुली, सडकसहितका पूर्वाधार दिन्छौं भनेर सरकारले काम गरिरहेको छु, उनले भने, 'दलित, बालबालिका र महिलाका लागि विशेष कार्यक्रम चलेका छन्।' उनले सरकारको आलोचना तथ्यमा आधारित भएर गर्न पनि अपिल गरे। 'सरकारको आलोचना र समर्थन तथ्यमा हुनुपर्छु, उनले भने, 'विश्वले पनि नेपालले राम्रो आर्थिक फड्को मारेको देखेको छु, उनले भने, 'नेपाल राम्रोसँग आर्थिकरूपमा अघि बढ्यो। आइएमएफ र विश्व बैंकका तथ्यांकले यो देखाएका छन्। आर्थिक वृद्धि राम्रो छ। लगानीको वातावरण राम्रो बनेको सूचक आइसकेका छन्।

 

नेपाल लगानीका लागि उत्कृष्ट मुलुकका रुपमा दरिएको छ।' नेता श्रेष्ठले सरकारले शान्ति पक्रियाको व्यवस्थापन गर्दै अघि बढिरहेको उल्लेख गरे। तर शान्ति प्रक्रियाका केही कामलाई टुंगोमा पुर्‍याउनुपर्नेतर्फ उनको जोड थियो। 'नौ महिनादेखि सत्यनिरूपण र बेपत्ता आयोग गठन हुन सकेको छैन, अब यसलाई टुंगोमा पुर्‍याउन ढिलाइ गर्नु हुँदैनु, उनलले भने 'बेपत्ता र सत्यनिरूपण आयोगमा नियुक्ति गरेर शान्तिप्रक्रियाका बाँकी काम सकेमा सरकारले अर्को सफलताको सिँढी चढ्नेछ।' नेता श्रेष्ठले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न अझै धेरै काम गर्न बाँकी रहेको जिकिर गरे।

 

'तर अब सरकारलाई सुशासन कायम गर्न गराउन ठूलो चुनौती छ, भ्रष्टाचार कुनै हालतमा घटाउनुपर्छु, उनले भने,'देश संघीयतामा गए पनि असारे विकास रोकिएको छैन। यसलाई रोक्नुपर्छ।' नेता श्रेष्ठले खेतबारी बाँझै छाडेर युवा विदेशिने क्रम रोक्नुपर्नेमा जोड दिए। आफूले उत्पादन गर्न सक्ने वस्तु देशमै फलाउनुपर्ने उनले बताए। 'देशमै उत्पादन बढाएर अघि बढ्न आवश्यक छ। नेपालले गत वर्ष तिब्बतबाट १३ करोडको गुन्द्रुक ल्यायोु, उनले थपे, 'अब उत्पादन बढाउनु पर्छ। सरकारले काम गरेको छ तर पर्याप्त छैन।'

२०७६ पुस १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्