Birendranagar Municipality

नेपाल जलबायु परिवर्तनको दशौं उच्च जोखिममा : मन्त्री बस्नेत (भिडियो)

सेरोफेरो
नेपाल जलबायु परिवर्तनको दशौं उच्च जोखिममा : मन्त्री बस्नेत (भिडियो)

१४ पुस । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले बताउनु भएको छ । सवै भन्दा धेरै जाखिममा युक्त देशको सूचिमा नेपाल दशौं स्थानमा रहेको मन्त्री बस्नेतले बताउनु भयो । जर्मन वाचले प्रकाशित गरेको जर्नलमा नेपाल विश्वको चौथो उच्च जोखीममा रहेको जनाएपनि यु.एनको प्रतिवेदनले दश देश भित्र नेपाल पर्ने उल्लेख गरेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

हरित गृह ग्याँस उत्सर्जन गर्ने देशहरु मार्फत 'ग्रीन क्लाइमेट फन्ट' लगायतका विभिन्न सहयोगहरु समेत  प्राप्त भएको मन्त्रीले जानकारी दिनु भयो । मन्त्री बस्नेतले भन्नुभयो 'पहिलो चरणमा ४० मिलियन युएसडी सम्झौता भएको छ र दोस्रो चरणमा ३२ मिलियन युएसडी निकट समयमा सम्झौता हुने तयारी भईरहेको छ ।'
मन्त्री बस्नेतले मन्त्रालयले वन र वातावरण संग सम्वन्धी धेरै योजना तथा कार्यक्रमहरु मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो ।


कर्णाली जडीवुटी विकास कार्यक्रम अन्तर्गत दश जिल्लामा १० प्रजातीको अनुसन्धान गरिएको बताउनु भयो । यस कार्यक्रम अन्तर्गत एक वार्डलाई एक पकेट मानेर खेती गर्ने, पालिकालाई ब्लक मानेर संकलन गर्ने, जिल्लालाई जोन मानेर प्रशोधन केन्द्र बनाउने र हरेक प्रदेशलाई दुई सुपर जोन मानेर उत्पादन गर्ने योजनाका साथ मन्त्रालय अगाडी बढेको जानकारी दिनुभयो ।


यस वर्ष अन्य बाँकी प्रदेशमा समेत यही मोडेलको कार्यक्रम लैजाने मन्त्री बस्नेतले बताउनु भयो ।

२०७६ पुस १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्