Birendranagar Municipality

नयाँ वर्ष २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सन्देश (पूर्णपाठ)

सेरोफेरो
नयाँ वर्ष २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सन्देश (पूर्णपाठ)

१६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना सन्देश दिनु भएको छ । ग्रेगोरियन क्यालेण्डर र इस्वी सम्बत्को पात्रो अनुसार प्रत्येक वर्षको जनवारी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरीन्छ ।

 

शुभकामना सन्देशमा भनिएको छ "हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थीर राजनीतिक उपलब्धिको वर्षका रुपमा रह्यो । यसै वर्ष हामीले अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सक्यौं भने दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गर्‍यौं । यही समयमाहामीले पृथकताबादी प्रबृत्तिलाईसधैंका लागि अन्त्य गर्‍यौं । विकासका केही दूरगामी योजनाहरु यसैवर्ष थालनी गर्‍यौं भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजनाहरु सम्पन्न गर्‍यौं । चार वर्ष अघिको बिनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मूख छ । ब्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा हाम्रो स्थान केही माथि पुगेको छ भने आयात कटौती र निर्यातमा केही बृद्धि गरि हामी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएका छौं । निराशाहरु विनिमय गरि समय ब्यतीत गर्ने हाम्रो समाजिक प्रबृत्ति संक्रमणकालीन संशयहरुलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको छ । अर्थात्, समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्राकदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक संघर्ष र ब्यवस्थापनको बहसबाट सिंगै समाज यस अवधीमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ ।"

 

शुभकामना सन्देश जारी गर्दे प्रधानमन्त्रीले अब्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौति अवश्य रहेको बताउनु भएको छ । उहाँले जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने विश्वास लिनुभएको छ ।

शुभकामनाको पूर्णपाठ :

new year 2020 (1)

२०७६ पुस १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्