१६ पुस । नेपाल भ्रमण वर्ष २०२० को आज औपचारिक उद्घाटन गरिएको छ । संघिय राजधानी काठमाडौं सहित सवै प्रदेशमा भम्रण वर्षको उद्घाटन गरिएको छ । यसै विच कर्णाली प्रदेश सरकारले "यसपाली, घुमौ कर्णाली" भन्ने नारा अगाडी सारेको छ । नेपाल भ्रमण वर्ष २०२० को कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा विभिन्न लोक सांस्कृतिक नाच, गान र झाँकीहरु प्रस्तुत गरिनुको साथै विदेशी पर्यटकहरूलाई स्वागत सम्मान गरिएको कर्णाली प्रदेशका आर्थिक मामीला मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

आर्थिक मामिला मन्त्री ज्वालाले कर्णालीको मुख्य मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र मार्फत आर्थिक समृद्धि हाँसिल गर्न प्रदेश सरकारले संसारको गन्तब्य नेपाल र नेपालको गन्तब्य कर्णाली भन्ने नारा समेत अगाडी सारेका बताउनु भयो ।

संघिय सरकारको अभियानलाई आत्मसाथ गर्दे नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा कर्णाली सरकारले छुट्टै लोगो समेत निर्माण गरेर प्रचार गरिरहेको मन्त्री ज्वालाले बताउनु भयो । कर्णाली सरकारले २०७५ साललाई कर्णाली पर्यटन वर्ष समेत रुपमा समेत मनाईसकेको छ ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा प्रदेश सभाका सभामुख राजबहादुर शाही, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री नन्दसिंह वुढा, सामाजिक विकास मन्त्री दल रावल, कृषि मन्त्री विमला के.सी लागायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

तस्विर : माननीय आर्थिक मामिला मन्त्रीको फेसबुकबाट
प्रतिकृया दिनुहोस्