Birendranagar Municipality

आयोनको चौधौं साधारण सभा सम्पन्न

सेरोफेरो
आयोनको चौधौं साधारण सभा सम्पन्न

१९ पुस । देशभरीका युवा संस्थाहरुको छाता संस्था नेपाल युवा संस्था संजाल (आयोन) को चौधौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । देशभरीका ९२ वटा संस्था आवद्ध रहेको आयोनले युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष जितबहादुर खड्काले १ करोड ७२ लाख ७५ हजार १६ रुपैया बराबरको आय र १ करोड ९० लाख २७ हजार २२६ रुपैया बराबरको व्याय प्रस्तुत गर्नु भएको थियो । यसैगरी संस्थाका महासचिव निरज बागले आयोनको प्रगति तथा सांठगनिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा बोल्दै काँग्रेस नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रकाश शरण महतले युवाहरुले देशको समृद्धिमा ठुलो योगदान दिनसक्ने बताउनु भयो ।


कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुुुनार विश्वकर्माले आयोनले नेपालको युवा आन्दोलन र नीति निर्माणमा खेलेको भुमीकाको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो 'नागरिक समाजको रुपमा स्थापित संस्थाले युवा नीति तथा अन्य युवा संग सम्बन्धीत सवालमा बहस पैरवी गरी युवाको मुद्धा स्थापित गराउन यस संस्था महत्वपुर्ण योगदान गरेको हो ।'


कार्यक्रममा सांसद मनकुमारी जि.सीले युवाहरु सकारात्मक सोचका साथ देशमा भएका अवसरको प्रयोग र सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

 

संस्था अध्यक्ष जगदिश ऐरले आयोन नेपालले युवाका विभिन्न सवालहरुलाई राज्य र नीति निर्माण गर्ने तहसम्म पुर्‍याउन पुलको काम गरिरहेको बताउनु भयो । कार्यक्रममा आयोनका संस्थापक अध्यक्ष राजेन्द्र मुल्मी, पूर्व अध्यक्षहरु प्रदिप परियार र देवराज भारद्वाज, पूर्व माहासचिव तिलोत्तम पौडेल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

साधारणसभामा आयोनका वरिष्ठ उपाध्यक्ष तुलसीराम चौलागाईंले स्वागत मन्तव्य राख्नु भएको थियो ।

२०७६ पुस १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्