१९ पुस । नेपाली काँग्रेसका नेता प्रकाश शरण महत र युुवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा विच सरकारको कामको विषयमा सवाल जवाफ भएको छ । काँग्रेस नेता महतले सरकार उडन्ते कुरा गरिरहेको आरोप लगाउनु भयो ।
महतले सरकारले भावनामा डुवेर रेल र पानी जहाजको कुरा गरेको र यो नेपालले धान्न नसक्ने बताउनु भयो । देशमा लगानीको वातावरण कम छ, जसको मुख्य कारण शान्तीको प्रत्याभुती नभएको, करको दर बढी भएको र बैङ्को व्याज चर्को भएको, सत्त्ताधारीले सुविधा मुखी भएको कारण रोजगारी सृजना हुन नसकेको काँग्रेस नेता महतको आरोप छ । नेता महतले पर्यटन वर्षमा एयरपोर्टको सुधार नहुनु र पर्यटक आकासमा घण्टौ होल्ड हुने अवस्थाले कसरी नेपाल भ्रमण वर्ष सफल हुन्छ भनी प्रश्न गर्नुभयो ।
काँग्रेस नेता महतको सवालमा जवाफ दिदै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले मिडियामा छाउनको लागी नभएका टिप्पणी गर्दे आफु नहिड्ने बताउनु भयो । मन्त्री विश्वकर्माले भन्नुभयो 'आकासमा उडेका पंक्षीहरु मध्ये परेवाले आँगनमा सुकाएको बिस्कुन देख्छ, कुखुराले जुठेल्नाको जुठो देख्छ र गिद्धले बारीमा मरेको मुसो देख्छ, यसरी नै कुन दृष्टिकोणबाट हेर्ने भन्नेमा निर्भर रहने बताउनु भयो ।'
नेता महतले तथ्याङ्कलाई बङ्ग्याएर युवामाझ पस्केको मन्त्री विश्वकर्माले आरोप लगाउनु भयो । युवा मन्त्रीले भन्नुभयो 'विगतमा उहाँहरुले पनि सरकार संचालन गुर्नभएको हो, कसले कस्तो काम गर्यो त्यो जनतालाई थाहा छ र नेकपालाई जनताले पाँच वर्ष सम्म सरकार संचालन गरी देश विकासको जिम्मा दिएका छन्, राम्रो काम गर्न नसके जनताले चुनावी परिणमबाट अविश्वास गर्ने छन् ।'
मनमोहन अधिकारीको सरकाले प्रत्येकगाउँ गाउँमा एक लाख दिएको विषयलाई कांग्रेसले बजेट कनिका झै छरेको आरोप लगाएको थियो तर आज उक्त बजेटले कस्तो प्रभाव पार्योे र वर्तमानको परिस्थिती के छ सवैलाई यसबारे बुझ्न युवा मन्त्रीले आग्रह गर्नुभयो । नेकपाको नेतृत्वमा रहेको सरकारले एउटा कोणबाट मात्र नभएर ३६० डिग्रीको कोणबाट समृद्धिको विषयलाई हेरेको दावी गर्नुभयो ।
नेपाल युवा संस्था संजाल (आयोन) को चौधौं बार्षिक साधारण सभामा काँग्रस नेता र युवा मन्त्री विच सवाल जवाफ भएको हो । तर युवा मन्त्री बोल्नेक्रममा भने काँग्रेस नेता महत आफ्नो धारणा राखेर कार्यक्रम स्थलबाट बाहिरी सक्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्