२० पुस । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि देशभर मनोनयन भइरहेको सन्दर्भमा कर्णाली प्रदेशमा पनि २ पदको लागी उम्मेदवारी दर्ता भएको छ । सत्त्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका उम्मेदवारले निर्वाचन कार्यालयमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट महिलामा गणेश कुमारी बस्नेतले उम्मेदवारी परेको छ भने अन्य समुहमा डिल्लीराज पाठक उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवार गणेशकुमारी बस्नेतको सर्मथकमा पञ्चपुरी नपाका मेयर उपेन्द्र थापा तथा प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा बस्नु भएको छ । यसैगरी काँग्रेसका अर्का उम्मेदवार डिल्लीराज पाठकको प्रस्ताबक प्रदेश सभा सदस्य यज्ञबहादुर बिसी तथा सर्मथक गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन बस्नुभएको छ ।
नेकपाको तर्फबाट महिला तर्फ सुमित्रा बिसी र अन्य समुहबाट मायाप्रसाद शर्माले राष्ट्रियसभा सदस्य पदको लागी उम्मेदवार दिनुभएको हो । सुमित्रा विसीको सर्मथकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल तथा प्रस्तावकमा कर्णाली प्रदेश सभा सदस्य देवी ओली बस्नुभएको छ ।
यसैगरी उम्मेदवार मायाप्रसाद शर्माको सर्मथकमा कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्ट र प्रस्तावकमा प्रदेश सभा सदस्य करबिर शाही रहनुभएको छ ।
प्रतिकृया दिनुहोस्