Birendranagar Municipality

देउवाले पद तथा गोपनियताको सपथ लिए

उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ रहेका छन् । ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।

सेरोफेरो
२४ जेठ, काठमाडौं । नेपालको प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।

 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । उनि मंगलवार संसदको बैठकवाट नेपालको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।

 

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चारमन्त्री नियुक्त गरेका छन् । नियुक्त उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ रहेका छन् ।

 

यसैगरी ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, जनार्दन शर्मा गृहमन्त्री, फर्मुल्लाह मन्सुर श्रममन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् । नियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।

२०७४ जेठ २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्