Birendranagar Municipality

सूचना आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुद्वारा सपथ ग्रहण

सेरोफेरो
 सूचना आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुद्वारा सपथ ग्रहण

२४ पुस । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराउनु भएको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त गुरुङलाई पद तथा गोपनियताको सपथ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

 

सोही अवसरमा नव नियुक्त प्रमुख आयुक्त गुरुङले प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त आयुक्तहरू रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई सपथग्रहण गराउनु भएको प्रेस सल्लाहकार थापाले बताउनु भयो ।

२०७६ पुस २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्