२६ पुस । पारेगाउँ महिला विकास कृषि तथा पशुपाल सहकारी संस्था को छैटौं स्थापना दिवस तथा वार्षिक साधारणसभा वीरेन्द्रनगर १५ रतुमा सम्पन्न भएको छ । कार्यक्रममा आ.व ०७५।०७६ को कुल ३८ लाख ३६ हजार ७४५ बरावरको आय तथा व्याय संस्थाका कोषाध्यक्ष लक्ष्मीकुमारी ज्ञावलीले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले कृषि र पशुपालन जनताको मुख्य आय स्रोतको रुपमा रहेको र पारेगाउँ महिला सहकारीले यहाँका महिलाहरुको आर्थिक सहभागीतामा खेलेको भुमीकाको प्रशंसा गर्नुभयो । उहाँले यस क्षेत्रको विकासमा आफुले पहल गर्ने प्रतिवद्धता गराउनु भयो ।
संस्थाको प्रतिवेदन भीमकुमारी आचार्यले प्रस्तुत गर्नुभएको थियो । २०७० सालमा स्थापना भएको यस सहकारीमा २०९ जना महिला सदस्यहरु रहेको कोषाध्यक्ष लक्ष्मी ज्ञावलीले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्