२६ पुस । अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति सुर्खेतको सपथ ग्रहण, बैठक तथा प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । नेकपा सम्वद्ध दुई किसान संगठनहरु अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र र अखिल नेपाल किसान महासंघ विच एकता भई सपथ ग्रहण भएको हो ।
सपथ ग्रहण समारोहमा नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माको उपस्थितिमा किसान महासंघको प्रदेश संयोजक कृष्णबहादुर वि.सीले सम्पुर्ण पदाधीकारीहरुलाई सपथ ग्रहण गराउनु भएको हो । प्रशिक्षण कार्यक्रममा नेकपा जिल्ला समिति सचिव कृष्ण जि.सी, नेकपा जिल्ला सदस्य मोहन बडुवाल, किसान महासंघका प्रदेश ईन्चार्ज नयाँराम थापा, जिल्ला ईन्चार्ज धिरबहादुर शाही, जिल्ला सह ईन्चार्ज बीरबहादुर बुढा, जिल्ला संयोजक शक्ति बहादुर थापा र सह संयोजक ओमदत्त भारती लगायतको उपस्थितीमा सम्पन्न भएको जिल्ला संयोजक शक्ति थापाले जानकारी दिनुभयो ।
जिल्ला समितिमा जम्मा ५८ जना सदस्य रहेका छन् । जसमा नौ वटा पालिकाका संयोजक, सह संयोजक र १९ वटा विषयगत घटक संघका संयोजक र सहसंयोजकको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्