Birendranagar Municipality

उपसभामुख शिवमाया तुम्बाहाङफे द्वारा राजीनामा

सेरोफेरो
उपसभामुख शिवमाया तुम्बाहाङफे द्वारा राजीनामा

६ माघ । उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिनुभएको छ । आईतवार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गर्नुभएको हो ।


‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु ।’ उहाँले संसद बैठकमा भाबुक मुद्रामा सो कुरा बताउनु भएको हो ।

 

आजको १ बजेको बैठक पश्चात संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराउनु भएको हो ।

Sivamaya

२०७६ माघ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्