७ माघ । कर्णाली प्रदेशमा पहिलो सेनिटरी प्याड उत्पादनको लागी उद्योग स्थापना भएको छ । वीरेन्द्रनगर ११ पिपिरा सुर्खेतमा उद्यमी सुरेश कुमार वलीले करिव ९२ लाखको लागतमा 'द सुपर वली ईन्डष्ट्रिज' नामको सेनिटरी प्याडको उद्योग स्थापना गर्नुभएको छ ।
अक्सीजन प्वाल सहितको विभिन्न प्रकारका प्याडहरु उत्पादन गरिरहेको संचालक सुरेश वलीले बताउनु भयो । २३० एम एम, २८० एम एम र ३२० का विभिन्न साइजका प्याडहरुको क्षमता १२ घण्टासम्म हुने संचालक वलीले बताउनु भयो ।
यो प्याड कागज र अन्य कुहिने सामाग्रीबाट बनेकोले वातावरणीय दृष्टिकोणबाट समेत सुरक्षित रहेको संचालक वलीले जानकारी दिनुभयो । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बाहिरबाट प्याडहरुको निर्यात हुने गर्छ । बजार राम्रो भएको खण्डमा प्रतिदिन १ लाख पचास हजार सम्म उत्पादन गर्न सकिने वलीले बताउनु भयो ।
उहाँले भन्नु भयो 'विद्यालयहरु तथा विभिन्न स्वास्थ्य संस्था संग स्थानिय उत्पादन पुर्याउने मेरो लक्ष्य छ ।'
प्रतिकृया दिनुहोस्