१२ माघ । प्रतिनिधिसभाको सभामुखमा नेकपाका अग्नी प्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनु भएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।
नेपाली कँंग्रेसका सांसद मिनेन्द्र रिजालले सभामुखको रुपमा तटस्थ भूमिका निर्वाह गर्न सापकोटालाई शुभकामना दिनुभएको थियो ।
पत्रकार माफ बोल्दै नवनिर्वाचित सभामुख सापकोटाले तटस्थ भएर संसदको गरिमा कायम राख्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘लोकतन्त्रको मूल्यमान्यता, आदर्शलाई कायम गर्ने गरी नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज र गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित, भूमिका ‘निर्वाह गर्नका लागि म सँधैभरी दत्तचित्त भएर रहन्छु । इमानदारितापूर्वक लाग्छु’ ।
प्रतिकृया दिनुहोस्