Birendranagar Municipality

जडिबुटी उत्पादनमा सक्रिय लालिगुराँस सामुदायीक वन

सेरोफेरो
जडिबुटी उत्पादनमा सक्रिय लालिगुराँस सामुदायीक वन

१३ माघ । वीरेन्द्रनगर १५ को लालीगुराँस सामुदायिक वन उपभोक्ता समुह जडिबुटी उत्पादनमा सक्रिय रुपमा लागेको छ । सामुदायिक वनले आफ्नो वन क्षेत्रमाको करिव १५० हेक्टर खाली क्षेत्र मध्ये ३० हेक्टरमा आ।व २०७५।०७६ मा विभिन्न जातका जडीबुटीहरु रोपिएको अध्यक्ष हिक्मत बहादुर वलीले जानकारी दिनुभयो ।


सामुदायीक वन क्षेत्रमा रोपिएका जडीबुटीहरुमा टिमुर ६४०००,कालो शिरीष ५०००, बेल २०००,टोटेलो ५०००, मजिठो २००००, चिराइतो ३४०००, कचुर ३००० ,पुस्करमुल २००० र तेजपात २००० वटा रोपिएको अध्यक्ष वलीले बताउनु भयो । जडिबुटीहरुको उत्पादनमा डाबर नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।

 

२०५२ सालमा स्थापना भएको वन क्षेत्रको करिव ३०० हेक्टरमा आम्दानी प्रदान गर्ने खालका कुनै पनि विरुवा नभएको र अव जडीवुटी उत्पादन राम्रो भएको खण्डमा यस क्षेत्रका उपभोक्ता जिवनमा परिवर्तन समेत आउने डाबर नेपालका उप व्यवस्थापक विष्णु केसीले बताउनु भयो ।

 

यस क्षेत्रमा ८९ घरधुरी उपभोक्ताहरु रहेका छन् । सामुदायीक वनले यस आव देखि टिमुरका विरुवाहरु समेत उत्पादन गर्ने जनाएको छ । गत आ।वमा ३८०० जनाले झाडिसफा, गोडमेल र बृक्षारोपणबाट प्रत्यक्ष रुपमा रोजगारी समेत पाएका अध्यक्ष हिक्मत वलीले बताउनु भयो ।

२०७६ माघ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्