१४ माघ । वीरेन्द्रनगर सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमा मृत्यु भएको छ । सुर्खेत जुम्ला राजमार्ग अन्र्तगत वीरेन्द्रनगर ४ गौतम चोकमा भएको दुर्घटनामा कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्युु भएको हो । टिप्परले उनलाई २० मिटर सम्म घसारेको प्रत्यक्ष दर्शीले बताए ।
भे १ ख २२४२ नम्बरको टिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मृतकका आफन्तले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्