Birendranagar Municipality

जनतालाइ सुचना दिन सरोकारवाला तयार

जनतालाइ सुचना दिन सरोकारवाला तयार

सेरोफेरो

२५ जेठ सुर्खेत । राष्ट्रिय सुचना आयोगको आयोजनामा सुचनाको हक विषयक अन्तरक्रिया तथा अभिमुखीकरण वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सरकारी तथा सार्वजनिक संघ संस्थाहरुले सुचनाको हकलाइ सम्मान गर्दे सुचनाहरु नियमअनुसार प्रवाह गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

 

कार्यक्रममा स्थानिय विकास अधिकारी अमुत लम्सालले सुचना माग्ने जनताको अधिकार भएको र कानुनले दिन मिल्ने सुचना प्रवाह गर्नु सरोकार वाला निकायको कर्तव्य रहेको बताए ।

 

कार्यक्रममा जनमोर्चाका गाविन्द सुवेदी, राप्रपाका मान बहादुर थापा, माओवादी केन्द्रका इश्वर सुनार, नेकपा एमालेका अमृत विसी र नेपाली काँग्रेसका कमलराज रेग्मीले सुचना दिन कुनैपनि कार्यलयहरुले आनाकानी गर्न नहुनेमा जोड दिए ।


कार्यक्रममा बोल्दै क्षेत्रिय प्रशासक महेन्द्र प्रसाद गुरागाईले जनताले सुचना सहजै प्राप्त गर्नेगरी सुचना अधिकारीहरुले भुमीका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा बोल्दै राष्ट्रिय सुचना आयोगकी आयुक्त यसोदा तिम्सिनाले जनताको सेवामा खटिएका व्यत्तिहरु जिम्मेवारी वाट विचलित हुन नहुनेमा जोड दिइन् । आयुक्त तिम्सिनाले यस सम्वन्धी प्रयाप्त कानुनको व्यवस्था भएकोले जनताहरुलाइ सुचनाको हक भनेको केहो र कस्ता सुचना कुन प्रकृयावाट पाउन सकिन्छ भन्नेमा सवै संचार माध्ययमले सचेतना अभिवृद्धि गनुपर्ने बताइन् । यसो गरेका सुचना माग्ने जनताको ताँती लाग्ने उनको कथन छ ।


कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सुचनाको हक सम्वन्धी सर्वोच्च अदालतले नजिर समेत स्थापित गरेको र प्रयाप्त ऐन कानुन समेत भएका अवस्थामा यसको कार्यन्वयन गर्न सरोकारवाला सवैलाइ निर्देशन दिए ।

 

कार्यक्रममा सम्पुर्ण सरकारी कार्यालयका प्रमुखहरुले जनतालाइ सहजै सुचना प्रवाह गर्नेगरी प्रतिवद्धता समेत जनाएका छन् । साथै जिल्ला स्थित सरकारी कार्यालयहरुको सुचना अधिकारीको नाम समेत सार्वजनिक गरिएको छ ।

जनतालाइ सुचना प्रवाह गर्न सरकारी कार्यालयवाट जनाएको प्रतिवद्धता 

20170608_135459


कार्यक्रममा सुर्खेत जिल्ला स्थित सम्पुर्ण सरकारी, गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती थियो । कार्यक्रम राष्ट्रिय सुचना आयोगकी आयुक्त यसोदा तिम्सिनाको प्रमुख आथित्यता र प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सम्पन्न भएको छ ।

२०७४ जेठ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्