१८ माघ । चर्चित गायक डम्बर नेपालीले स्वीटर फाटेको गीत सार्वजनिक गरेका छन् । ग्रामीण परिवेशको माया अनि आर्थिक विपन्नताको पीडालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए।
गायक नेपालीकै शब्द र संगीत रहेको गीतको भिडियो निर्देशन प्रवीण भट्टले गरेका हुन्। भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन्। डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन् ।
लामो समयदेखि नेपाली सांगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका नेपालीले ‘स्वीटर फाटेको’बाट आशावादी भएको बताए । गायक नेपालीको ‘मेरो जीवनबाट जाने भए जाउ, तर अन्तिमपल्ट भेट्न आउ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो।
प्रतिकृया दिनुहोस्