Birendranagar Municipality

नेपाल बार काउन्सिलको कर्णाली प्रदेश पार्षदमा रामबाबु बि.सी बिजयी

सेरोफेरो
नेपाल बार काउन्सिलको कर्णाली प्रदेश पार्षदमा रामबाबु बि.सी बिजयी

२५ माघ । नेपाल बार काउन्सिलको कर्णाली प्रदेश पार्षदमा रामबाबु बि.सी बिजयी बहुमतले बिजयी हुनुभएको छ । कर्णाली प्रदेशबाट बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता रामबाबु बि.सीले ७६ मत प्राप्त गर्नुभएको हो ।

 

उक्त निर्वाचनमा लोकतान्त्रीक समुहका दमनराज बमले २७ मत प्राप्त गर्नुभएको थियो । कर्णाली प्रदेशमा वरिष्ठ अधिवक्ता र अधिवक्ता गरी जम्मा १११ मतदाता रहेका छन् । जसमध्ये निर्वाचनमा १०३ मत खसेको निर्वाचन अधिकृत उत्तम आचार्यले जानकारी दिनुभयो ।

 

निर्वाचित भए पश्चात बोल्दै रामबाबु बि.सीले आफुले जनाएका प्रतिवद्धाताहरुको पुरा गर्न लागीपर्ने बताउनु भयो । साथै अमुल्य मत प्रदान गर्ने सवैलाई धन्यवाद समेत दिनुभयो ।

२०७६ माघ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्