Birendranagar Municipality

भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता : मन्त्री अर्याल

सेरोफेरो
भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता : मन्त्री अर्याल

२५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याउनु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।


मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताउनुभयो । 'त्यसको शुरुआत स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ । सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिवद्धता हो' मन्त्री अर्यालले भन्नुभयो ।


प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै उहाँले अब सबै विद्यालयहरुमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताउनुभयो । शैक्षिक संस्थाहरुलाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, 'विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुदैन । बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागु गर्ने सरकारको लक्ष्य हो ।'


यसैबीच हरिनासको गाउँपालिकाको छैठौं गाउँसभा एवं हिउँदे अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले जनप्रतिनिधिहरुलाई यो वा त्यो नभनिकन विकास निर्माणमा लाग्न निर्देशित गर्नुभयो । निर्वाचनमा जुन पार्टीबाट चुनाव लडेपनि समग्र विकासका निम्ती एकजुट भएर लाग्न मन्त्री अर्यालले निर्देशन दिनुभयो । 'अहिलेको मात्र नभएर पचासौं वर्षपछिसम्म काम लाग्ने दिर्घकालिन योजना बनाएर विकास निर्माणका काममा लाग्नुस्ु' मन्त्री अर्यालले भन्नुभयो ।

२०७६ माघ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्