Birendranagar Municipality

संविधान संशोधन चुनाव पछि

संविधान संशोधन चुनाव पछि

सेरोफेरो

२६ जेठ, काठमाडौं । सरकारले दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन नहुने जनाएको छ । शुक्रवार संसदलाइ सम्वोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधन दोस्रो चरणको निर्वाचन पश्चात गरिने बताएका हुन् । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन सबै दललाई साथमा लिएर मात्रै संविधान संशोधन गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।


शुक्रबारको संसद बैठकमा विभिन्न राजनीतिक दलले नवनिर्वाचित प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरेका थिए । शुभकामना दिंदै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाइ अधिकार दिने चर्चा चलेपनि यसमा हस्तक्षेप भएकोमा चिन्ता व्यक्त गरे ।


नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विगतको सहमतिको वातावरणलाई बीचमा भत्काइएको स्मरण गर्दे, निरङ्कुसताका विरुद्ध लडेका दलहरुले बिग्रिएको वातावरण बनाउनुपर्नेमा जोड दिए ।


यसैगरी नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले सवै दलहरु जिम्वेवार भएर लागेमा देशले हरेक क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे । उनले शान्ति प्रकृयालाइ सवैको सहमतिमा अगाडि बढाउन आग्रह गरे ।

 

आजको संसदको बैठकमा संविधान संशोधन पारित गर्ने विषयमा दलीय सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीले कार्यसूची हटाएर बैठक जेठ २८ गते दिउँसो १ बजेसम्म स्थगित गरेकी थिइन । संसदमा प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रिय जनता पार्र्टी, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका सांसदले दोस्रो चरणको निर्वाचन अघि स्थानीय तहको संख्या वृद्धि, संविधान संशोधन र मधेस आन्दोलनमा जेल परेकालाई रिहाई गर्न माग राखेका थिए ।

२०७४ जेठ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्