Birendranagar Municipality

का.जि.अ. बाट महरालाई सफाई

सेरोफेरो
का.जि.अ. बाट महरालाई सफाई

५ फागुन । काठमाडौ जिल्ला अदालतले कृष्णबहादुर महारालाई जबरजस्ती करणी प्रयास मुद्दामा सफाई दिएको छ । न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको हो ।

 

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते सो पदबाट राजीनामा दिनुभएको थियो।

 

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।

 

संसद सचिवालयकै एक महिला कर्मचारीलो बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए ।

तस्विर साभार : देशसञ्चार

२०७६ फागुन ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्