५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. शिवमाया तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेका छन् । नियुक्त भएसंगै उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।
पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्फेले आवश्यकताका आधारमा आफू मन्त्री बनेको बताइन् ।
उनी यसअघि प्रतिनिधिसभाको उपसभामुख थिइन् । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा परेपछि पार्टीको दबाबका कारण उनी राजीनामा दिन बाध्य बनिन् ।
तुम्बाहाङ्फेले संसदमा सिस्टम बसालेर आफू बाहिरिएको बताइन् ।
प्रतिकृया दिनुहोस्