६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेला सुर्खेतमा सम्पन्न भएको छ । उक्त भेलालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल तथा प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले सम्बोधन गरेका थिए ।
प्रशिक्षणका क्रममा नेताहरुले पार्टी एक ढिक्का भएको र अब गतिशील रुपमा अघि बढ्ने बताएका थिए ।
आन्तरिक प्रशिक्षण भन्दै कार्यक्रम स्थलमा पत्रकारलाई रोक लगाइएको थियो ।
बुधबार प्रदेश कमिटीको बैठक बस्ने नेकपाका स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्